दफा १२
यस ऐन बमोजिमको कार्यविधि अपनाउन नपर्ने वा नहुने अवस्था

(१) कुनै मुद्दाको कारवाई गर्दै लैजाँदा सो मुद्दा यस ऐन अन्तर्गतको नदेखिएमा अदालतले कारण सहितको पर्चा खडा गरी सो मुद्दाको बाँकी कारवाईमा अन्य प्रचलित नेपाल कानून बमोजिमको सामान्य कार्यविधि अपनाउनु पर्छ।
(२) कुनै मुद्दामा केही कुरा यस ऐन अन्तर्गत पर्ने र केही कुरामा अन्य प्रचलित नेपाल कानून बमोजिमको कार्यविधि अपनाउनु पर्ने देखिएमा सो पुरै मुद्दाको कारवाईमा अन्य प्रचलित नेपाल कानून बमोजिमको कार्यविधि अपनाउनु पर्छ ।